दफा १९
खरिदको लागि माग गर्ने
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न चाहने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले ऐनको दफा ११ को उपदफा (३) बमोजिमको विवरण खुल्ने गरी अनुसूची-१४ बमोजिमको ढाँचामा अनुमतिपत्र प्राप्त व्यक्ति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिखित रुपमा माग गरेको आधारमा सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गरी खरिदकर्ताको भरपाई गराई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिखित रुपमा माग गरेको आधारमा सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गरी खरिदकर्ताको भरपाई गराई राख्नु पर्नेछ ।